काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.३१ अंकले घटेर १ हजार ८ सय ८४ दशमलव ८१ विन्दुमा पुगेको छ । आज २ सय ३० कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँ बराबरको ८१ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ । आज शेयर बजारमा गिरावट आएसगैँ कारोवार मुल्यमा भने वृद्धि भएको छ । कारोबार सुरुभएदेखिनै लगातार घट्न थालेको थियो ।
सोमबार ४ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ९१ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । आज सवै उपसुचक घटेका छन् । करिब ३२ सय विन्दुबाट १० महिनाकै अवधिमा नप्सेमा यति धेरै गिरावट आएको हो ।
आज सवैभन्दा धेरै प्रभु बैंकको संस्थापक सेयर शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको हो । त्यस्तै, नेपाल टेलिकमको १० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ भने हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।
आज शेयर बजारमा गिरावट आउँदा पनि एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आधिँखोला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, सिवाइसी नेपाल लघुवित्त ९.९८ प्रतिशतले बढेको छ ।



