काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्र रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाको वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउपालिकाको वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ११ लाख १५ हजार १ सय कित्ता आईपीओ निष्काशन गरेको छ ।
त्यस्तै, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाको वडा नं. ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नं. ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नं.१ र ३ का बासिन्दाका लागि ३ लाख ९८ हजार २ सय ५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउपालिकाको वडा नं. १, २ र ३ लाख ७९ हजार ६ सय ५० कित्ता छुट्याइएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।



