काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ । शुक्रबार झिनो अंकले घटेको नेप्से आज ३७.२७ अंकले घट्न पुगेको हो । शेयर बजारमा गिरावट आउँदा १ हजार ९ सय ३४ दशमलव ११ अंकमा झरेको छ ।
आज २ सय २३ कम्पनीको १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३६ लाख ६६ हजार कित्ता शेयर किनबेच भएको छ । शेयर बजारमा गिरावट आएसगैँ पछिल्लो समय कारोवारमा समेत गिरावट आउन थालेको छ । आइतबार १३ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ७९ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । आज सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको ५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आँधिखोला लघवित्तकाे काराेवार भएकाे छ ।



