images
images

ऋणपत्र निष्काशन गर्न सानिमा बैंकले पायो बोर्डबाट अनुमति


  • 312
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    ऋणपत्र निष्काशन गर्न सानिमा बैंकले पायो बोर्डबाट अनुमति

    काठमाडौं । सानिमा बैंकले  ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  बैंकले १० वर्ष अवधिको “१० वर्ष, १०.२५ प्रतिशत सानिमा डिबेञ्चर, २०८९“ को नाममा  ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता  ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । 

    सेबोनले जेठ ३० गते ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।  बैंकले १ हजार रूपैयाँ अंकित दरका कुल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। कम्पनीले कुल ५० लाख कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा विक्री गर्नेछ ।

    बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ  ।


    images
    images

    Logo