images
images

आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 428
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हाे । 

    निष्काशन गरिएको शेयरमध्ये १ हजार ३५ कित्ता शेयर कर्मचारीका लागि र ३ हजार ३ सय ५० कित्ता शेयर सामुहिक लागानी कोषको लागि  छुट्याएको छ । र बाँकी ६२ हजार ६ सय १५ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको छ ।

    उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ ।न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।


    images
    images

    Logo