images
images

एक सातामा शेयर बजार ७६.७८ अंकले घट्यो


  • 262
    SHARES
  • २०७९ आषाढ ४ गते शनिबार

    एक सातामा शेयर बजार ७६.७८ अंकले घट्यो

    काठमाडौं । यो साता सोमबारदेखि शुक्रबारसम्म बजार सञ्चालन भएको छ । तर, बजार आइतबारदेखि शुक्रबारसम्म हप्ताको ६ दिन सञ्चालन हुनेछ । आइतबारदेखि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म शेयर कारोबार हुनेछ । तर, शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै सेयर कारोबार हुनेछ ।

    यो साता नेप्से परिसूचक ७६.७८ अंक (३.७५ प्रतिशत) घटेर १ हजार ९ सय ७१ दशमलव ३८ विन्दुमा झेरेको छ । अघिल्लो साताको तुलनामा १.४७ प्रतिशतले घटेर गत साता परिसूचक २ हजार ४८ दशमलव १६ मा बन्द भएको थियो ।

    यो साता ५ दिन कारोवार भएकोमा बिहीबार मात्रै परिसूचक १२.५७ अंकले बढेको थियो भने अरु ४ दिन शेयर बजार गिरावट आएको थियो । यो साता २८ खर्ब १० अर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण भएको छ । 

    साताको पहिलो साताको पहिलो दिन सोमबार १५.८२ अंकले घटेर २ हजार ३२ दशमलव ३४ विन्दुमा झरेको थियो भने यस दिन २ सय ३० कम्पनीको ९९ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । 

    साताको दोस्रो दिन मंगलबार नेप्से परिसुचक २ हजार भन्दा तल आएको छ । यसदिन ३६.०७ अंकले घटेर १ हजार ९ सय ९६ दशमलव २६ विन्दुमा झरेको थियो भने बुधबार पनि शेयर बजारमा गिरावट आउँदा २९.८९ अंकले घटेर १ हजार ९ सय ६६ दशमलव ३७ विन्दुमा झरेको थियो ।

    त्यस्तै, विहीबार नेप्से परिसुचक १२.५७ अंकले बढेर १ हजार ९ सय ७८ दशमलव ९४ विन्दुमा पुगेको थियो। लगातार गिरावट आएको शेयर बजारमा  विहीबार भने सामान्य अंकले बढेको हो । 

    साताको अन्तिम दिन शुक्रबारको दिन ७.५७ अंकले घटेर १ हजार ९ सय ७१ दशमलव ३६ विन्दुमा झरेको थियो ।  असारको पहिलो शुक्रबार १ बजेसम्म भएको कारोबार पनि लगानीकर्ताका लागि सुखद हुन सकेन। बजारमा घट्ने क्रममा देखिएको अवस्था 'ब्रेक' हुने आधार भने अझै देखिएको छैन।

     

     

     


    images
    images

    Logo