images
images

विश्व बैंकले १४० मिलियन डलर सहयोग स्वीकृत, १० लाख जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेट पुग्ने


  • 332
    SHARES
  • २०७९ आषाढ ३ गते शुक्रबार

    विश्व बैंकले १४० मिलियन डलर सहयोग स्वीकृत, १० लाख जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेट पुग्ने

    काठमाडौं । डिजिटल अर्थतन्त्र विकासको लागि विश्व बैंकले १४० मिलियन डलर अर्थात् १७ अर्ब ५३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । ‘

    नेपाल डिजिटल ट्रान्सफर्मेसनको बाटोमा छ, यस्तो अवस्थामा डिजिटल प्रविधिको तीव्रतर तथा समावेशी विकासमा उक्त रकम खर्च हुनेछ,’ मालदिभ्स, नेपाल र श्रीलंका हेर्ने विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्भोसले भने, ‘नेपालले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रका सन्दर्भमा लिएको लक्ष्य पूरा गर्नका लागि यो सहयोग खर्च गरिनेछ ।

    यो प्रोजेक्टले डिजिटल फ्रेमवर्कको कार्यान्वयन र सरकारले सन् २०१९ डिजिटल अर्थतन्त्र सम्बन्धी लिएको रणनीति कार्यान्वयनमा सहयोग हुने अपेक्षा रहेको छ । परियोजनाले उच्च गुणस्तरीय र किफायती ब्रोडब्यान्ड सेवाहरूमा पहुँच सुधार गर्नेछ, विशेषगरी ग्रामीण क्षेत्रका मानिसहरू र व्यवसायहरूको लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

     त्यसैगरी डिजिटल प्रविधिमा महिला, जनजाति, अपांग तथा समानका सीमान्तकृत वर्ग समेत पहुँच पुर्याउन सहयोग हुनेछ । विश्व बैंकको अनुसार यो प्रोजेक्ट अन्तर्गत १ हजार ५ सय जनाले रोजगारी पाउने अवस्था रहेको छ ।


    images
    images

    Logo