काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट सन्पन्न भएको छ । हाइड्रोपावरको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धक सानिमा क्यापिटललिमिटेडको कार्यालय, नक्साल काठमाडौंमा बाँडफाँट सम्पन्न भएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ ।कम्पनीको आईपीओ १७ लाख ९१ हजार ८ सय ९५ जनाको आवेदन परेको थियो । त्यसमध्ये २ हजार ७ सय ३८ जनाको आवेदन रद्ध भएको छ । त्यस अनुसार १७ लाख ८९ हजार १५७ जनाको योग्य आवेदन परेको हाे ।
कम्पनीले जेठ २० गतेदेखि जेष्ठ २५ गतेसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणको लागि छुट्याईएको थियो ।



