images
images

संसदीय समितिमा प्रधानसेनापतिको जवाफः एसपीपीमा आबद्ध हुन सकिँदैन


  • 299
    SHARES
  • २०७९ आषाढ ३ गते शुक्रबार

    संसदीय समितिमा प्रधानसेनापतिको जवाफः  एसपीपीमा आबद्ध हुन सकिँदैन

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट गरेका छन् । 

    उनले सुरुमा नेपाली सेनाले गोरखा भूकम्पका बेला विपद्मा मानवीय र गैरसैनिक सहयोगका लागि सरकारको स्वीकृतिमा पत्राचार गरेको र सहयोग पनि लिएको तर पछि सन् २०१९ पछि एसपिपी ‘इण्डो प्यासिफिक रणनीति’को अङ्ग हुने भनिएपछि यसमाथि पुनर्विचार गर्न नेपाल सरकारलाई पत्राचार गरेको बताएका छन् । 

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले केही दिनअघि नेपाल भ्रमणमा आउनुभएका अमेरिकी सैनिकका एशिया प्यासिफिक प्रमुखसँगको भेटमा पनि आफूहरु एसपिपीमा आबद्ध हुन नसक्ने स्पष्ट कुरा राखेको जानकारी दिए । 

    उनले सामाजिक सञ्जाल र केही मिडियामा देखिएको नेपालले सम्झौता गर्न लागेको भनी सार्वजनिक एसपिपीको १० बुँदे पत्र पूरै गलत भएको बताउनुभयो । सो अवसरमा प्रधानसेनापति शर्माले भोलि असार ४ गतेदेखि आफूले गर्न लागेको लेबनान, सिरिया र अमेरिकाको भ्रमणका सम्बन्धमा समितिलाई जानकारी गराएका थिए । 

    साथै उनले भ्रमणका क्रममा आफ्ना तर्फबाट कुनै सम्झौता नहुनेसमेत स्पष्ट पारे । उनले नेपाली सेना मुलुकको परराष्ट्र नीति र जनहितका आधारमा मात्र सञ्चालन हुने पनि सो समितिमा स्पष्ट पारेका हुन् । । 


    images
    images

    Logo