images
images

७ अंकले घट्यो नेप्से, म्युचुअल फण्ड बाहेक सवै समुहका परिसुचक राताम्मे


  • 275
    SHARES
  • २०७९ आषाढ ३ गते शुक्रबार

    ७ अंकले घट्यो नेप्से, म्युचुअल फण्ड बाहेक सवै समुहका परिसुचक राताम्मे

    काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । पहिलो पटक २ घण्टाका लागि खोलिएको शेयर बजारमा साताभरिमा हिजो बढेको शेयर बजार आज ७.५७ अंकले घटेकाे छ । नेप्सेमा गिरावट आउँदा  १ हजार ९ सय ७१ दशमलव ३६ विन्दुमा झरेको छ । आज २ सय २० कम्पनीको ७३ करोड ६३ लाख रुपैयाँ बराबरको २३ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ । आज ६० वटा कम्पनीको शेय मुल्य बढेको छ भने १ सय १५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

     आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंकको ६ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, एनसीसी बैंकको ४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २२१ रुपैयाँ रहेको छ । कुमारी बैंकको २ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी बैंकको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै आँधिखोला लघुवित्तका शेयर कारोवार भएको छ ।  यस कम्पनीको  ९.९९ प्रतिशतले बढेको छ ।  


    images
    images

    Logo