काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आज (असार ३ गते) बाँडफाटँ हुदै हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज दिँउसो ३ बजे क्यापिटलको नक्साल स्थित कार्यालयमा बाँडफाटँ गर्न लागेको हो ।
हाइड्रोपावरले जेठ २० गतेदेखि २५ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो ।
कम्पनीले कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणको लागि खुला गरिएको थियो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो ।



