images
images

५१ किलो हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ


  • 288
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    ५१ किलो हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले लागुऔषधसहित सात विदेशीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले आज पत्रकार सम्मेलन गरी ५१ किलोग्राम लागुऔषधि हेरोइनसहित सात विदेशी नागरिकलाई सार्वजनिक गरेको हो  ।

    ब्युरोका प्रमुख तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले पहिलो पटक ठूलो मात्रामा लागुऔषध हिरोइनसहित सात दक्षिण अफ्रिकन महिलालाई  ठमेलको विभिन्न होटेलबाट पक्राउ गरिएको जानकारी दिए । यसअघि प्रहरीले २०७९ वैशाख ३ गते ७ किलोग्राम लागुऔषध पक्राउ गरेको थियो । 

    उनले पक्राउ पर्नेमा २९ वर्षीया सिबिसी थानडेकिल, ४६ वर्षीया मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बा, ३९ वर्षीया साबालाला खान्यीसिल भ्योन्नी, ३६ वर्षीया रोशिना ननक्वेल जान्तिय, २९ वर्षीया मालान्को मौरिन माथिबा, ३७ वर्षीया मोरोसी सुजन कोफु र ३० वर्षीया मार्लिज बाडेनहर्सट भएको जानकारी दिए । सिबिसी थानडेकिल र मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बाबाट १६ किलो,  साबालाला खान्यीसिल भ्योन्नीबाट आठ किलो, रोशिना ननक्वेल जान्तियबाट आठ किलो,  मालान्को माउरिन माथिबाबाट ७ किलो हिरोइन बरामद गरिएको छ । 

    मोरोसी सुजन कोफुबाट ४ किलो सेतो हिरोइन र दुई किलो खैरो हिरोइन तथा मार्लिज बाडेनहर्सटबाट छ किलो सेतो हिरोइन पक्राउ गरिएको छ । पक्राउ गरिएकामध्ये मोरोसी सुजन कोफु कतार एयरलाइन्सबाट दोहा हुदै काठमाडौँ आएको र अन्य छ भने दुबई एयरलाइन्सबाट दुबई हुँदै काठमाडौँ आएका हुन् । 

    उनीहरुले लागुऔषध हिरोइन भारत लैजानका लागि नेपाल ल्याएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । “नेपाल यस्तो प्रकारको हिरोइनको प्रयोगकर्ता खासै छैनन्”, उनले भने, “हाम्रो प्रारम्भिक अनुसन्धानले भारतका लागि हिरोइन लैजानका लागि उनीहरुले काठमाडौँ ल्याएका हुन् ।”

    हिरोइनका तस्कर गर्ने समूहलाई नेपालमा नै बेच्ने उनीहरुको योजना रहेको उनले बताए । “किन्न आउने मान्छेसँग सुटकेश तथा झोला साटासाट गर्ने विगतको अभ्यास देखिएको छ”, उनले भने, “अहिले पनि त्यस्तो सुटकेश तथा झोला साटासाट गर्ने योजना रहेको थियो ।” ती हिरोइनको नेपाली मूल्य १ अर्ब २ करोड रहेको छ । सात जनामध्ये ४६ वर्षीया मुरियल तीन पटक नेपाल आएको उनले जानकारी दिनुभयो । उहाँले ती सात जनालाई छुट्टाछुट्टै होटलबाट पक्राउ गरिएको बताए । 

    फरक फरक व्यक्तिको लागुऔषध लिएर ती महिला नेपाल आएका थिए । पक्राउ परेकामध्ये सिबिसी थानडेकिल र मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बा दुई जनासँग आएकोले मात्र चिनजान रहेको तथा अन्य फरकफरक मितिमा नेपाल आएकाले एक अर्कालाई नचिन्ने गरेको उहाँले बताउनुभयो । मालान्को मौरिन माथिबा भने केही मानिससँग सुकुटे पुगेको उनले बताए । 

    ती महिलासँग नेपाली पैसा र सिम प्रयोग गरेकोसमेत पाइएको अनुसन्धानमा देखिएको छ । ती नागरिकलाई अहिले लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


    images
    images

    Logo