images
images

इलेक्ट्रिक सार्वजनिक सवारीलाई बाग्मती प्रदेशद्वारा भारी कर छुट


  • 462
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    इलेक्ट्रिक सार्वजनिक सवारीलाई बाग्मती प्रदेशद्वारा भारी कर छुट

    काठमाडौं । इलेक्ट्रिक सार्वजनिक सवारीलाई बाग्मती प्रदेश सार्वजनिक विद्युतीय सवारीमा लाग्ने कर दरमा छुट गरेकोछ ।  बाग्मती प्रदेशले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक विधेयकमा नयाँ आर्थिक वर्षका लागि सार्वजनिक विद्युतीय सवारी करको दरहरु निर्धारण गरिएको हो ।

     उक्त विधेयकमा उल्लेख भएअनुसार विद्युतीय सवारी साधनले २० किलोवाटदेखि ५० किलोवाट सम्मका लागि ३ हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ भने ५० देखि १२५ किलोवाटसम्मका लागि ५ हजार रुपैयाँ कर तिनुपर्ने व्यवस्था गरेको छ । 

    त्यस्तै, १२५ देखि २०० किलोवाटसम्म लागि १० हजार रुपैयाँ कर तिनुपर्ने भएको छ भने २०० किलोवाटभन्दा माथिको सार्वजनिक विद्युतीय सवारीले १५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ । 

    बाग्मती प्रदेशले यसअघि निजी सवारी साधनले जति तिनुपर्ने व्यवस्था रहेको थियो भने अहिले बागमती प्रदेश सार्वजनिक विद्युतीय सवारीको करको दर छुटाएको छ ।

    यसका साथै ५० देखि १२५ किलोवाटसम्मका विद्युतीय सवारीले निजी सवारी साधनले भन्दा ६६.६६ प्रतिशतले कम तिनुपर्ने छ । भने १२५ देखि २०० किलोवाटसम्मका लागि र २०० किलोवाटभन्दा माथिको सार्वजनिक विद्युतीय सवारीले निजीले भन्दा ५० प्रतिशत कम तिनुपर्ने व्यवस्था भएको छ । 

    Capture.PNG


    images
    images

    Logo