काठमाडौं । सन् २०१५ मा अमेरिकी दुतावासलाई लेखिएको पत्रबारे नेपाली सेनाले प्रष्टीकरण दिएको छ । सैनिक प्रवक्ता नारायण सिलवालले भुकम्पको समयमा आवश्यक सहयोगका लागि उक्त पत्र लेखिएको प्रष्ट पारेका हुन् ।
उनले त्यतिबेला अमेरिकाको इन्डो प्यासिफिक रणनीति समेत नभएको भन्दै नेपाली सेनाले आवश्यक सैन्य सहयोगका लागि पत्र लेखिएको उल्लेख गरे । अहिले त्यही पत्रलाई लिएर फरक तरिकाले व्याख्या गरिएको उनको भनाइ छ ।
उनले सार्वजनिक भएको उक्त पत्रको आधिकारिकता पुष्टि समेग गरे ।