काठमाडौं । बजारको ब्याजदर १२ प्रतिशत पुगेको बेला नेपाल बैंकले १०.५० प्रतिशतको ऋणपत्र ल्याउन लागेको छ । १ हजार रुपैयाँ अंकित दरको मूल्य भएको २ अर्ब ५० करोड रुपैयाँ बराबरको २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
“१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” नाम गरिएको उक्त ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले गरेका छन् ।
अहिले ब्याजदर १२ प्रतिशतसम्म पुगेको भए पनि वाणिज्य बैंकहरुले ११.०३ प्रतिशतमात्रै ब्याज दिँदै आएका छन् । संस्थागत निक्षेपकर्ताका हकमा अहिले पनि यो १०.०३ प्रतिशतमा सीमित छ । यो आधारमा संस्थागत लगानीकर्ताले उक्त ऋणपत्रमा लागनी गर्नसक्ने विश्वास गरिएको छ ।



