काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह कर्मचारीप्रति कठोर देखिएका छन् । कार्यालयमा उपश्थित हुने समय र कार्यसम्पादनमा बालेन कठोर देखिएका हुन् । समयमै कार्यालय नआउने र आएर पनि काम छल्ने कर्मचारीमाथि बालेनले नियमित र छड्के जाँचगर्न थालेका हुन् ।
यसरी छड्के जाँच गर्दा कैफियत भेटिएकाकर्मचारीलाई तत्कालै प्रष्टिकरण सोध्न थालिएको छ । त्यस्तै, कर्र्मचारीलाई हाजिरी र कामको आधारमा तलबभत्ता दिने तयारी गरिएको छ । यसका लागि महानगरले आन्तरिक परिपत्र गरिसकेको छ । जसअनुसार हाजिरी दुरुस्त नहुने कर्मचारीको खातामातलब पठाइने छैन ।
मेयर साह महानगरको सेवा प्रवाहमा हुने अनियमिततालाई कम गर्न सबै कार्यालयमा सीसीटीभी क्यामेरा जडान गरेर अनुगमन थाल्ने तयारी सुरु गरेका छन् ।