images
images

बाग्मती प्रदेशमा मोटरसाइकल चढ्नेले कति तिर्नुपर्छ कर ? 


  • 712
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    बाग्मती प्रदेशमा मोटरसाइकल चढ्नेले कति तिर्नुपर्छ कर ? 

    काठमाडौं । बाग्मती प्रदेशले सवारी साधनमा लाग्ने कर दर तोकेको छ । बाग्मती प्रदेशले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक विधेयकमा नयाँ आर्थिक वर्षका लागि करको दरहरु निर्धारण गरिएको हो ।

    उक्त विधेयकमा उल्लेख भएअनुसार मोटरसाइकल तथा स्कुटरले ३ हजारदेखि ३० हजारसम्म तिनुपर्ने व्यवस्था गरिएको छ । जसमध्ये १२५ सीसीसम्मको मोटरसाइकले ३ हजार रुपैयाँ कर तिनुपर्ने भएको छ भने १२५ देखि १५० सीसीसम्मको मोटरसाइकलहरुले ५ हजार सम्म तिनुपर्ने व्यवस्था गरेको छ । 

    त्यस्तै, १५० देखि २२५ सीसीको मोटरसाइकल बा स्कुटरले ६५ सय रुपैयाँ कर तिनुर्पेन भएको छ । सो भन्दा बढी २२५ देखि ४०० सय सीसीसम्मको मोटरसाइकलले ११ हजार रुपैयाँ तिनुपर्ने भएको छ । यसका साथै ४०० देखि ६५० सीसीसम्मको मोटरसाइकले २० हजार रुपैयाँ तिनुपर्ने भएको छ भने तो भन्दा माथि को मोटरसाइकल तथा स्कुटरले ३० हजार सम्म तिनुपर्ने व्यवस्था गरेको छ । 

    अघिल्लो वर्ष पनि यही दररेट तोकिएको थियो । यो वर्ष मोटरसाइकल लगायत सवारी साधनको करको दरमा कुनै परिवर्तन भएको छैन । 

    motorcycle.JPG


    images
    images

    Logo