काठमाडौं । बाग्मती प्रदेशले काठमाडौं महानगरपालिकालाई ११ करोड बजेट छुट्याएको छ । वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेशले महानगरपालिकालाई ११ करोड ५६ लाख ७६ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।
उक्त बजेटमध्ये समानीकरण अनुदानतर्फ ८ करोड ७० लाख ७० हजार रुपैयाँ र सशर्त अनुदानतर्फ २ करोड ८७ लाख ६ हजार रुपैयाँ छुट्याइएको छ । समपूरक र विशेक्ष् अनुदानतर्फ काठमाडौंले कुनै पनि रकम पाएको छैन ।