images
images

सामान्य अंकले बढ्यो नेप्से, १ अर्बमाथिको शेयर कारोवार


  • 386
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    सामान्य अंकले बढ्यो नेप्से, १ अर्बमाथिको शेयर कारोवार

    काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५७ अंकले बढेर १ हजार ९ सय ७८ दशमलव ९४ विन्दुमा पुगेको छ । लगातार गिरावट आएको शेयर बजारमा  विहीबार भने सामान्य अंकले बढेको छ । आज २ सय २१ कम्पनीको १ अर्ब १८ करोड बराबरको ३५ लाख  ९४ हजार कित्ता शेयर किनबेच भएको छ । आज काराेवार रकममा भने गिरावट आएकाे छ । 

    आज १ सय ३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ४५ कम्पनीको शेयर मुल्य घटेको छ । विहीबार कारोवारमा आएका १३ उपसुचक मध्ये जीबन बिमा र इन्भेष्टमेन्ट बाहेक सवै समुहका परिसुचकमा हरियाली छाएको छ । 

    आज नेपाल टेलिकमको सवैभन्दा बढी कारोवार भएको छ यस कम्पनीको १३ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रो सर्वाधिक कारोवार भएको एनसीसी बैंकको १० करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । त्यस्तै, सिभिल बैंकको ४ करोड ७१ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । 

    आज ३ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । सर्किट लाग्नेमा आँधिखोला लघुवित्त, रिभर फल्स र सामुदायिक लघुवित्त रहेका छन् । 


    images
    images

    Logo