काठमाडौं । रवि लामिछानेले ग्यालेक्सी टेलिभिजन छोडेका छन् । आगामी निर्वाचनमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिन उनले ग्यालेक्सी टेलिभिजनबाट विदा लिएका हुन् ।
लामिछानेले अहिलेसम्म काठमाडौंको कुन ठाउँबाट निर्वाचनमा लडने भन्ने टुङगो लागेको छैन् । उनले ३ नंम्वर क्षेत्रबाट लडने सम्भावना धरै रहेका छ । उनलाई निकटमस्थलहरुले ३ र ५ नंम्वरबाट उम्मेदवारी दिन सुझाएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई औपचारिक विदाइ गरेका थिए ।
लामिछानेले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ र यसका साथै उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेका छन् ।