काठमाडौं । रिभर फल्सको आज कारोवार सुरु भएकै दिन शेयर मुल्यमा सर्किट लागेको हो । नेप्सेमा स्पेसल प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता २ सय ६३ रुपैयाँ ९० पैसामा भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको छ ।
नियमित कारोबार सुरु हुनासाथ रिभर फल्सको सेयर भाउ सर्किट लागेर बढेको छ । बिहीबार कारोवर सुरु भएको १ घण्टामा ९.९७ प्रतिशतले बढेर २ सय ९० दशमलव २० रुपैयाँ पुगेको हो । नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेन्ज न्यूनतम ८७ रुपैयाँ ९८ पैसादेखि अधिकतम २६३ रुपैयाँ ९४ पैसा तोकेको थियो ।