काठमाडौं । प्रिमियर इस्योरेन्स ५ लाख ३८ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । सो कम्पनीमा रहेको कुल ५ लाख ३८ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर विक्री गरिने भएको हो । उक्त शेयरको लागि असार २ गतेदेखि ८ गतेसम्म लिलामीमा राखिएको छ ।
शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक तथा सर्वसाधारण शेयरधनी तथा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरूले असार ८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले शेयरको प्रतिकित्ता मुल्य ३ सय ५० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।