काठमाण्डू । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीचको शेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच मर्जरमा जाने सहमति भएसँगै शेयर कारोबार रोकिएको हो ।
दुई बैंकबीच बिहीबार बिहान मर्जरमा जाने प्रारम्भिक सहमति भएको थियो । सहमति अनुसार दुई बैंकको स्वाप रेसियो १ः१ हुनेछ ।