काठमाडौं । आज २ वटा कम्पनीको विशेष साधारणसभा हुँदैछ । बिहिवार हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्सले अग्रवाल भवन, कमलपोखरीमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग मर्जर गर्ने र शेयर स्वाप अनुपात १ः०.८५ राख्ने लगाएतको एजेण्डा राखेको छ ।
त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीले अग्रवाल भवन, कमलपोखरीमा बिहान ११ बजे नै बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा हिमालयन जनरल इन्स्योरेन्ससँग मर्जरमा जाने र शेयर स्वाप अनुपात १ः०.८५ गर्ने रहेको छ ।
यी दुबै कम्पनी एक आपसमा मर्जरमा जान लागेका छन् । सो मर्जरको प्रस्ताव पारित गर्नका लागि २ कम्पनीले आज विशेष साधारणसभा गर्न लागेका हुन् ।



