images
images

सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि


  • 458
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि  निष्काशन गर्न लागेको हो।

    सो शेयरको निष्काशन बन्द छिटोमा असार १६ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ । उक्त शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo