images
images

बाग्मती प्रदेशको कुन मन्त्रालयलाई कति बजेट ?


  • 460
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    बाग्मती प्रदेशको कुन मन्त्रालयलाई कति बजेट ?

    काठमाडौं । बाग्मती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ५६ अर्ब ५३ करोड ३४ लाख ३२ हजारको बजेट ल्याएको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १३ वटा मन्त्रालय रहेका छन् । 

    भौतिक पुर्वाधार मन्त्रालयलाई सवैभन्दा बढी बजेट छुटाएको छ । यसका लागि २४ अर्ब ७५ करोड ५८ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका लागि ७२ करोड ७९ करोड ६८ हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि १५ करोड ८७ करोड ४५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

    उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि ६५ करोड १५ करोड १३ हजार, खानेपानी तथा उर्जा विकास मन्त्रालयका लागि ४ अर्ब ४९ करोड ३० लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने आन्तरिक मामिला तथा कानून मन्त्रालयका ८२ करोड २९ करोड ०४ हजार रुपैयाँ बजेट छुटाएको छ । 

    संस्कृति तथा पर्यटन मन्त्रालय १ अर्ब ८६ करोड ९१ लाख ८६ हजार रुपैयाँ, वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब २३ करोड ९९ लाख ३८ हजार रुपैयाँ, भूमी व्यवस्था, सहकारी तथा गरिवी निभारण मन्त्रालयका लागि २४ करोड ३६ करोड ६७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड ६५ लाख ८८ हजार रुपैयाँ, सामाजिक विकास मन्त्रालयका लागि ३ अर्ब ७७ करोड ०३ लाख ५२ हजार रुपैयाँ बजेट छुटाएको छ ।

    स्वास्थ्य मन्त्रालयको लागि ४ अर्ब ८९ करोड २३ लाख ८५ हजार रुपैयाँ, श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ९४ करोड २४ लाख २५ हजार रुपैया  विनियोजन गरिएको छ । 


    images
    images

    Logo