images
images

भैरहवामा खुल्यो श्रम कार्यालय, श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने


  • 428
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    भैरहवामा खुल्यो श्रम कार्यालय, श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने

    काठमाडौं । भैरहवामा श्रम तथा रोजगार कार्यालय सञ्चालनमा आएको छ । आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन श्रम स्वीकृतिको फर्मलाई अनलाइन स्वीकृत गर्दै उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

    मन्त्री श्रेष्ठले असगर अली मियाले दिएको श्रम स्वीकृति निवेदनलाई स्वीकृत गर्दै कार्यालयको उद्घाटन गरेका हुन् । मियाले कतार जान श्रम स्वीकृतिका लागि आवेदन दिएका थिए । भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलायन्सले उडान सुरु गरेपछि नेपाल सरकारले भैरहवामा श्रम तथा रोजगार कार्यालय खोल्ने तयारी गरेको थियो । श्रममन्त्री श्रेष्ठले केही हप्ता पहिले भैरहवा आई असार १ गते कार्यालय खोल्ने उद्घोष गरेका थिए ।
     
    सोहीबमोजिम आज जिल्ला प्रशासन कार्यालयको अगाडि उक्त कार्यालय सञ्चालनमा आएको हो । रोजगारीको सिलसिलामा विदेश जानेका लागि पूर्वश्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । योसँगै श्रम स्वीकृतिका लागि काठमाडौँ धाइरहनुपर्ने बाध्यता हटेको छ ।
     
    मन्त्री श्रेष्ठले भैरहवावासीको वर्षौँदेखिको सपना पूरा गर्न कामको सुरुआत भएको भन्दै अब छिट्टै नै उपसचिवको दरबन्दी ल्याएर सेवाग्राहीको काम बिना झन्झट गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि सकेको बताए । 
      
    भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै कुवेतको जजिरा एयरले हप्तामा तीन दिन उडान गरिरहेको छ । छिट्टै नै अन्य देशका नियमित उडान गर्ने तयारीमा सरकार लागिरहेको छ । विदेशबाट आएका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर भारतको दिल्ली जाने वा घण्टौँसम्म जोखिम मोलेर आकाशमा उडिरहनुपर्ने बाध्यता हटेको छ ।


    images
    images

    Logo