काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिभर फल्स पावरको आईपीओ सुचीकृत भएको छ । बुधवार सो कम्पनीको ७० लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो दिनको कारोवारको लागि न्युनतम ८७ रुपैयाँ ९८ पैसा र अधिकत्म २ सय ६३ रुपैयाँ ९४ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ ।
कम्पनीले वैशाख २८ गते देखि आईपिओ बिक्रि खुला गरेको थियो । कुल ७० लाख आईपीओ निष्काशन गरेकोमध्ये ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लागानी कोषको लागि छुट्याएको छ । र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता शेयरकालागि सर्वसाधारणले आवेदन दिएका थिए ।
सो शेयर बुधवार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ ।