काठमाडौं । बागमती प्रदेश सरकारले कर्मचारीको भत्ता बढाएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले २०७९/८० को वजेत वक्तव्यमार्फत सरकारी निजामति कर्मचारीलाई २ हजार रुपैयाँ महँगी भत्ता बढाएको बताएका हुन् ।
साथै बागमती प्रदेस सरकारले रोजगार तथा उत्पादन क्षेत्रका लागि सहुलियतपुर्ण ऋणका लागि२ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । न्युन आय भएका परिवारहरुलाई सहयोगका लागि बैंक तथा वित्तीय संस्थाहरुको सहयोगमा सहुलियतपुर्ण ऋणका लागि२ अर्ब रुपैयाँ बजेट छुट्याएको मन्त्री शालिकरामले बढाएका छन् ।