images
images

हेटौंडाको पूर्वाधार विकासका लागि १ अर्ब ५ करोड विनियोजन


  • 366
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    हेटौंडाको पूर्वाधार विकासका लागि १ अर्ब ५ करोड विनियोजन

    काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा हेटौंडाको पूर्वाधार विकासका लागि १ अर्ब ५ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी हेटौंडा चक्रपथ विस्तार लगायतका पूर्वाधार विकासका लागि सो बराबरको रकम विनियोजन गरेका हुन् । 

    प्रदेश राजधानी पुर्वाधार विकास आयोजना मार्फत बागमति प्रदेशको हेटौंडालाई सुविधा सम्पन्न बनाउन र सरकारी भवन, शिक्षा, स्वास्थ्य, पुर्वाधार विकासका साथै हेटौंडा चक्रपथ विस्तारका लागि उक्त बजेट विनियोजन गरेको मन्त्री शालिकरामले जानकारी दिए ।


    images
    images

    Logo