काठमाडौं । अब २० हजार लिटर भन्दा कम पानी खपत गर्ने परिवारले खानेपानीको शुल्क तिर्नु नपर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षदेखि यस्तो छुट दिने घोषणा गरेका हुन् ।
त्यस्तै निषेधाज्ञा अवधिभर २० युनिटसम्मको विद्युत् खपतमा पूरै छुट, १०० युनिटसम्म ५० प्रतिशत छुट र २०० युनिटसम्म ३० प्रतिशत छुट दिने घोषणा गरिएको छ ।