काठमाडौं । गण्डकी प्रदेशले सवारी साधनबाट आउने ७२ करोडको बजेट स्थानीय तहलाई पठाउने भएको छ । प्रदेश सभाको आजको बैठकमा अर्थमन्त्री रामजी प्रसाद बरालले आगामी आर्थिक बर्ष २०७९/८०को बजेट सावजनिक गर्दै सो कुरा बताएका हुन् ।
उनले प्रदेश सरकारको एकल कर प्रशासन तर्फ सवारी साधन करबाट स्थानीय तहलाई राजश्व बाडफाँड तर्फ ७२ करोड सम्बन्धित स्थानीय तहमा हस्तान्तरण हुने अनुमान गरिएको बताएका हुन् ।