images
images

नेप्सेमा ओरालो कायमै, २ कम्पनीको शेयर मुल्यमा सर्किट


  • 366
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    नेप्सेमा ओरालो कायमै, २ कम्पनीको शेयर मुल्यमा सर्किट

    काठमाडौं ।  आज पनि शेयर बजारमा ओरालोको कायमै रहेको छ । नेप्से दिनहुँ घट्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८९ अंकले घटेर १ हजार ९ सय ६६ दशमलव ३७ विन्दुमा पुगेको छ । बुधबार कारोवारमा आएका २ सय २९ कम्पनीको १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोवार रकममा भने सामान्य सुधार भएको छ । 

    आज २० कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ७३ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । आज कारोबारमा आएका सवै उपसुचक घटेका छन् ।  बुधबार सवैभन्दा बढी कारोवार नेपाल टेलिकमको भएको छ सो कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । 

    त्यस्तै, बैंक अफ काठमाडौंको ५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।  एनआइसी एशिया बैंकको ४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मुल्यमा सर्किट लागेकाे छ । सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९‍‍.९९ प्रतितशले बढेकाे छ । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले बढेकाे छ ।


    images
    images

    Logo