images
images

गठबन्धन बैठकमा देउवाले भने एसपीपीमा सम्झौता हुँदैन


  • 427
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    गठबन्धन बैठकमा देउवाले भने एसपीपीमा सम्झौता हुँदैन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) कुनै सम्झौता नहुने बताएका छन् । 

    प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा भएको छलफलमा एसपीपी बारे कुनै सम्झौता नभएको उल्लेख गरेका हुन् । 

    उनले भने मुलुकको हित नहुने कुनैपनि काम म गर्दिन । सबैको सहमति नहुने विषयमा सम्झौता हुदैन ।साथै प्रधानमन्त्री देउवाले कसैको पक्षमा नलाग्ने र परराष्ट्र नीतिमा कुनै विचलन हुन नदिने पनि बताएका छन् ।

    प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेको र याेस्थितिमा सम्झौता नगर्न  सुझाव दिएका थिए । देउवाले एसपीपी सम्झौता गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् ।

     


    images
    images

    Logo