काठमाडौं । इन्फिनिटी लघुवित्तले साढे १ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । सो लघुवित्तमा रहेको रहेको कुल १ लाख ५१ हजार ६ सय ४५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।
सो शेयर खरिद गर्ने इच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ । उक्त समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकीको शेयर अन्य खरिदकर्तालाई विक्री हुने लघुवित्तले जनाएको छ ।