काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपा सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य आज स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।