images
images

विश्वकप फुटबल खेल्ने ३२ राष्ट्रको टुंगो, कुन मुलुक कुन समुहमा ? 


  • 638
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    विश्वकप फुटबल खेल्ने ३२ राष्ट्रको टुंगो, कुन मुलुक कुन समुहमा ? 

    काठमाडौं । विश्वकप फुटबल २०२२ खेल्ने सबै ३२ राष्ट्रको टुगो लागेको छ ।

    कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म आयोजना हुने विश्वकप खेल्ने अन्तिम मुलुकको टुंगो आज लागेको हो । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १(० ले हराउँदै कतार विश्वकपमा स्थान बनाउने अन्तिम टिम बनेको हो ।

    कतार विश्वकपका लागि युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट भएका छन् । त्यस्तै  एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् भने  उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

    २२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरका ८ मैदानमा खेलाइनेछ । प्रतियोगिताको
    उद्घघाटन खेल नेदरल्यण्ड्स र सेनेगलबीच हुने फिफाले जनाएको छ ।

    कुन समूहमा कुन टिम ?

    समूह ए – कतार, इक्वेडर  नेदरल्याण्ड र सेनेगल 

    समूह बी – अमेरिका इंग्ल्यान्ड, इरान र वेल्स

    समूह सी – अर्जेन्टिना,साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड

    समूह डी – फ्रान्स,अष्ट्रेलिया,  डेनमार्क र ट्युनिसिया 

    समूह ई  स्पेन, जापान, जर्मनी,  कोस्टारिका

    समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

    समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन

    समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना


    images
    images

    Logo