images
images

सातवटै प्रदेशको बजेट आज आउँदै, कसको कति बजे ? 


  • 462
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    सातवटै प्रदेशको बजेट आज आउँदै, कसको कति बजे ? 

    काठमाडौं । देशका सातवटै प्रदेशले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दैछन् । आज बोलाइएको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन् । 

    सातवटै प्रदेशले यतिबेला विनियोजन विधेयकमाथिको सिद्धान्त तथा प्राथमिकता र सरकारको नीति तथा कार्यक्रमलाई संसदबाट पास गराइसकेका छन् । अहिले सबै प्रदेशले बजेटलाई अन्तिम रुप समेत दिइसकेका छन् । 

    आज प्रदेश १ ले दिउँसो २ बजे बजेट प्रस्तुत गर्दैछ । त्यसका लागि दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले सदनमा बजेट प्रस्तुत गर्नेछन् । 

    त्यस्तै, कर्णाली प्रदेशले दिउँसो ३ बजेका लागि बजेट प्रस्तुत गर्ने समय तोकेको छ । त्यहाँका आर्थिक योजनामन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गर्दैछन् । 

    मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले भने ४ बजेका लागि बैठक बोलाएका छन् । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह, वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेल, गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आ आफ्ना प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गर्दैछन् । 

    प्रस्तुत हुने बजेटमा संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेका राजश्वको दर निर्धारण र विनियोजन प्रस्तुत हुनेछ । अहिले प्रदेशले घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, कृषि कर, पर्यटन शुल्क, सवारी साधनको ब्लुबुक दस्तुर, माटो गिटी बालुवा लगायत प्राकृतिक स्रोतको कर निर्धारण तथा त्यससम्बन्धी ब्याज र जरिवाना निर्धारण गर्ने अधिकार दिइएको छ ।


    images
    images

    Logo