images
images

मन्दाकिनी हाइड्रोपावरकोे आईपीओ आजदेखि


  • 525
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    मन्दाकिनी हाइड्रोपावरकोे आईपीओ आजदेखि

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावरकोे आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ८८ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । 

    कम्पनीले जारी गर्ने शेउरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं। २, ३, ४ र ६ ९साविककको सार्दिखोला गा।वि।स, घाचोक गाविस, गाहाचोक गाविस र धिताल गाविस० का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ।

    न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।


    images
    images

    Logo