images
images

नागरिक बचतपत्रको बिक्री अवधि थप गर्दै नेपाल राष्ट्र बैंक


  • 337
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    नागरिक बचतपत्रको बिक्री अवधि थप गर्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८४ निष्काशनको बिक्री अवधि थप गरेको छ । बैंकले एक सूचना जारी गर्दै पाँचवर्षे अवधिका लागि बिक्री गर्न लागिएको उक्त बचतपत्रको अवधि यही असार ७ गतेसम्मका लागि बढाइएको हो ।

    बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको  ‘नागरिक बचतपत्र २०८२’ नाम दिइएको उक्त बचतपत्रमा वार्षिक ११ प्रतिशत ब्याज प्राप्त हुनेछ । व्याजकर लाग्ने भए पनि ६/६ महिनामा भुक्तानी हुने व्यवस्था गरिएको छ । 

    प्रत्येक ६/६ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको खरिद गर्न पाइने व्यवस्था रहेको छ ।


    images
    images

    Logo