काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असार १ गते अर्थात भोलिदेखि मतदाता नामावली संकलन गर्ने भएको छ ।मंगलबार आयोगले गरेको पत्रकार सम्मेलन गर्दै बुधबारदेखि नामावली संकलन गर्ने भएको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजरमा राखेर आयोगले सो कार्यक्रम पुन: सञ्चालनमा ल्याएको हो। कुनै कारण बस अर्को जिल्लामा बसेका व्यक्तिहरूले पनि आवश्यक प्रमाणसहित आफू रहेको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।
यसका साथै ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा इलाका प्रशासन कार्यालय मार्फत नामावली संकलन गर्ने भएको छ ।