images
images

बीमा समितिले दियो ९ कम्पनीलाई मर्जरमा जान निर्देशन 


  • 851
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    बीमा समितिले दियो ९ कम्पनीलाई मर्जरमा जान निर्देशन 

    काठमाडौं । बीमा समितिले  ९ कम्पनीलाई मर्जरमा जान निर्देशन  दिएको छ । एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई समितिले मर्जमा जान वा सेयर बेच्न निर्देशन दिएको हो ।  दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्म गरिदिने चेतावनी समेत समितिले दिएको छ । 

    यसमा ६ वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो पत्र पठाइएको बीमा समितिले जनाएको छ । यस्तो पत्र पठाएकाेमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, आईएमई लाइफ, रिलायवल लाइफ, ज्योति लाइफ, सूर्या लाइफ, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् । 

    बीमा समितिले केही महिनाअघि सबै बीमा कम्पनीसँग ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका लगानीकर्ताको विवरण माग गरेको थियो । उक्त विवरणको अध्ययनपछि समितिले ९ वटा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो । उक्त निर्देशनअनुसार मर्ज वा सेयर बिक्री नभए बीमा ऐन अनुसार कारवाही गरिने  बीमा कम्पनीले जनाएको छ । 


    images
    images

    Logo