काठमाडौं । नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै २ हजार भन्दा तल आएको छ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । मगलबार नेप्से ३६.०७ अंकले घटेर १ हजार ९ सय ९६ दशमलव २६ विन्दुमा झरेको छ । बजार निरन्तर घट्दै जाँदा सेयर भाउहरु निकै तल्लो विन्दुमा आइसकेका छन् । २ सय ३२ कम्पनीको १ अर्ब १८ करोड रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज ५ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १ सय ९० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६९८ रुपैयाँ कायम भएको छ । त्यस्तै, एनसीसी बैंकको ३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आधिँखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८.१८ प्रतिशत बढेको छ।



