काठमाडौं । असार १ गतेदेखि बैंक तथा वित्तिय संस्था आइतबार पनि खुल्ने भएकाे छ । जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतबार सार्वजनिक विदा दिने नि्र्णयलाई खारेज गर्दै नेपाल राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।
बैकले जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतबार सार्वजनिक विदा दिने तथा कार्यालय समय थप गर्ने यसअघिको निर्णय गभर्नर अधिकारीले खारेज गर्ने निर्णय गरेका हुन् । जेठ ३० गते बसेको बैठकले जेठ एक गतेको निर्णय खारेज गर्दै पुर्ववत अवस्थामै विदा दिने निर्णय गरेको छ ।
उक्त निर्णय बदर भए सँगै २०७९ सालको निर्धारित बैंक विदाको सूची, कार्यालय समय र बैंकिङ कारोबार समय सम्बन्धी पूर्ववत् अवस्थामै असार एक गतेदेखि लागु हुने राष्ट्र बैंकले जनाएको छ । याे निर्णय अन्य बैंक तथा वित्तीय संस्थाहरुका लागि पनि लागु हुनेछ ।



