काठमाडौं । जग्गा धितोमा राखेर बैंक तथा वित्तीय संस्थाले ऋण दिने बन्द गरेका छन् । जग्गा वर्गीकरण नगरिएको जग्गालाई मालपोत कार्यलयले जग्गा रोक्का गर्ने नमानेपछि बैंक तथा वित्तिय संस्थाहरुले जग्गा धितोमा राखेर ऋण नदिने भएका हुन् ।
भमि व्यवस्थापन तथा सहकारी गरिवी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापि विभागलाई पत्राचार नगरि कुनैपनि जग्गालाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोवार नगर्ने आदेश दिएको छ । अवदेखि स्थानीय तहले जग्गाको बर्गीकरण नगरसम्म जग्गा रोक्का गर्ने नमिल्ने भएको छ ।
‘खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनाका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नेपर्नेछ,’ व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।
यसका साथै ‘सोही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनाका लागि सिफारिस गर्नुपर्नेछ ।’ सोमबार र मंगलबार मालपोत कार्यालयले जग्गा रोक्का गर्न नमानेको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।



