काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । अर्थ मन्त्रालयमा प्रबेश गरेर करको दर फेरवदल गरेको समाचार बाहिरीएपछि एमालेले अर्थमन्त्रीको राजिनामा माग गरेका हुन् ।
मंगलबार संसद बैठकमा बोल्दै एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् । उनले भने ‘करका दरहरु ज्यादै गोपनीय विषय हो, राष्ट्रिय सुरक्षा जस्तै विषय हो, राष्ट्रिय स्वार्थको विषय हो । यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने, अझ गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरु गम्भीर अपराध मानिन्छन् । त्यसबारेमा छानबिन हुनुपर्दछ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन ।’