images
images

एकैदिन १८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 356
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    एकैदिन १८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १८ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्यमा आज १ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo