images
images

पिपुल्स पावरको आईपीओ असार ८ गतेदेखि


  • 415
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    पिपुल्स पावरको आईपीओ असार ८ गतेदेखि

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गर्न लागेको छ । जसमध्ये इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा असार २२ गते हुनेछ भने ढिलोमा साउन ४ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo