images
images

दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 335
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बाँकी रहेको २ लाख ९७ हजार कित्तासहित गरी २१ लाख ९५ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गरेको हो। 

    निष्काशन गरेको कुल शेयरमध्ये  ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको २० लाख १९ हजार ८ सय ३९ कित्ता शेयरमा सर्वसाधारण आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo