images
images

२ कम्पनीको साधारणसभा आज, कसले कति दिँदैछन् लाभांश ?


  • 615
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    २ कम्पनीको साधारणसभा आज, कसले कति दिँदैछन् लाभांश ?

    काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदैछ । मंगलबार विन नेपाल लघुवित्त र जनरल इन्स्योरेन्सले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा विन नेपाल लघुवित्तले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    त्यस्तै, जनरल इन्स्योरेन्सले लगानीकर्ताको हात खाली बनाएको छ । यसले लगानीकर्तालाई कुनै लाभांश दिएको छैन । कम्पनीको सभा बिहान ११ बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बस्ने गरि सभा बोलाएको छ । कम्पनीले सो सभाबाट ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।


    images
    images

    Logo